राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग्यो अध्यादेशको विवरण

काठमाडौं, २६ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग भर्खरै ल्याएको अध्यादेशको विवरण माग गरेको छ । आयोगले सरकारलाई पत्र लेख्दै अध्यादेशका बारेमा जवाफ माग गरेको हो ।
सरकारले रेशम चौधरी, विप्लव र सिके राउतका नेता तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने गरी अध्यादेश ल्याएपछि आयोगले चासो राख्दै विवरण माग गरेको हो ।
सञ्चार माध्यमहरुमा आएको सूचनाको आधारमा अध्यादेशमा के–कस्ता कुरा समेटिएको छ भन्ने विषयमा जानकारी गराउन आयोगले सरकारलाई पत्र लेखेको आयोगका सूचना अधिकारी दुर्गा पोखरेलले बताए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो। सो अध्यादेश राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।
सरकारको यस निर्णयको चौतर्फी विरोध भइरहँदा आयोगले चासो देखाएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


