पर्सा, २५ मंसिर । हृदयघातबाट निधन भएका वीरगञ्जका पत्रकार नरेश सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

पत्रकार सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार वीरगञ्जमा समाजवादी प्रेस संगठन र रेडियो वीरगञ्जले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै महानगरका मेयर राजेशमान सिंहले सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा पनि महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा मेयर सिंहले गरे ।

श्रद्धाञ्जलीसभामै सर्राफको परिवारलाई रेडियो वीरगञ्ज र समाजवादी प्रेस संगठन पर्साले १/१ लाख तथा राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराए ।

३८ वर्षीय सर्राफको यहि मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।