सम्पत्तिका लागि जब ८० वर्षीय रामआधारलाई आफ्नै बुहारी र नातिनीले निर्घात कुटे…

जनकपुरधाम, २५ मंसिर । जनकपुरधाममा एक बृद्धलाई आफ्नै बुहारी र नातिनीले कुटपिट गरेका छन् ।
सम्पत्तिको लागि आफ्नै बुहारी र नातिनीले जनकपुरधाम उपमहानगरपालिका–८ बजरंगचोक बस्ने ८० वर्षीय रामआधार चौधरीलाई कुटपिट गरेका हुन् । चौधरीलाई उनकै माहिली बुहारी र नातिनी मिलेर निर्घात कुटपिट गरेका छन् ।
आफ्नै घरमा बस्न जाँदा मृत्यु भएका माहिला छोराकी श्रीमति र उनकी छोरी (नातिनी) ले वृद्ध रामआधारलाई घरबाट निकाल्दै चप्पलले कुटेको भिडियो समाजिक सञ्जालमा भाईरल बनेको छ ।
माहिला छोरा मनोज चौधरीको गत बर्ष नै मृत्यु भएपछि उनकी श्रीमति र छोरीले पटक पटक रामआधारलाई कुटपिट गर्दै आएको पीडितले बताएका छन् ।
चौधरीका तीन छोरामध्ये एकजना छोरा धनगढीमा बस्दै आएको र माहिला छोरा तथा कान्छो छोरा जनकपुरधाममा बसिरहेको अबस्थामा सबै सम्पत्ति मनोजकी श्रीमति र छोरीले नै पाउनुपर्ने माग गर्दै पटक पटक कुटपिट गरेको बताएका छन् ।
रामआधारले आफ्नो छोरालाई समेत भारतमा बुहारीले नै मारिदिएको गम्भिर आरोप समेत लगाएका छन् । उनले आफ्नो ससुरालीमै हुँदा उनको मृत्यु भएको र आफूहरुलाई केही थाहा नै नभएको सुनाए ।
चौधरीको बुहारीको माईती भारत बिहारको पँचौलमा छ । उनले आईतबार बिहान पनि भारतीय गुण्डाहरुलाई बोलाएर कुटपिट गर्न लगाएको आरोप लगाएका छन् ।
त्यहाँ प्रहरी आएपछि प्रहरीले ती भारतीय गुण्डाहरुलाई भगाएर उल्टै आफ्नो कान्छी बुहारी र कान्छो छोरा संतोष चौधरीलाई समेत पक्राउ गरेको बताए ।
बलबा प्रहरी चौकीका ईन्चार्जले कुटपिट गर्ने बुहारीसँग रकम लिएर उल्टै आफ्नो कान्छो छोरा र बुहारीलाई पक्राउ गरेको आरोप उनले लगाए । रामआधारले पटक पटक प्रहरीमा उजुरी, निवेदन हालेपनि उनलाई कारवाहीको सट्टा आफूलाई नै प्रहरीले यातना दिएको आरोप लगाए ।
सम्पत्ति बाँडफाँडको लागि माहिली बुहारीले नमानेको तथा सबै सम्पत्ति आफ्नै नाममा हुनुपर्ने अडानसहित आफूलाई पटक पटक घरभित्रै यातना दिएको आरोप उनले लगाएका छन् ।
सामाजिक सञ्जालमा ती बुहारी र नातिनीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन चौतर्फि माग भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


