चम्पावती जलविद्युत आयोजनाको कार्यालयमा स्थानीयले गरे आगजनी

गोरखा, २४ मंसिर । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेवेशीस्थित चम्पावती जलविद्युत आयोजनाको कार्यालयमा स्थानीयले आगजनी गरेका छन् ।
स्टिमेट अनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका स्थानीयले शनिबार दिउँसो कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट कार्यालय परिसरमा रहेको मिनी ट्रक र मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । जेसिभीमा आशिंक क्षति पुगेको छ ।
जलविद्युतको कार्यालय रहेको दुई वटा अस्थायी टहरामा समेत स्थानीयले आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।
पाँच सयभन्दा बढीको संख्यामा आएका राइनास नगरपालिकाका वासिन्दाले कार्यालयमा रहेको फर्निचरमा समेत तोडफोड गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


