जनकपुरधाम, २४ मंसिर । जनकपुरधामको जनकचोकस्थित एक कपडा पसलमा भीषण आगलागी भएको छ ।

शुक्रबार राति जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको हो ।

स्थानीय बजरंग चौधरीले संचालन गरेको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत सर्ट भएर आगलागी हुँदा सो पसलभित्र रहेका कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पसलमा विजुलीको सर्ट सर्किटका कारणले आगलागी भएको हुनसक्ने पसलका संचालक चौधरीले आशंका व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलि र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।