काठमाडौं, २२ मंसिर । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. किरण श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।

उनी बुधबार बिहान डिउटीमा थिए । बिरामीको शल्यक्रिया सकिएपश्चात् श्रेष्ठ अस्वस्थ भएका थिए । त्यसपछि उनलाई आवासमा लगिएको थियो ।

लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो । पाँचथरका उनी प्रतिष्ठानमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए ।