महेन्द्रनगरस्थित एक ईलेक्ट्रोनिक पसलमा आगलागी, लाखौंको क्षति

जनकपुरधाम, २२ मंसिर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगिलागी भएको छ ।
जनकपुर–ढल्केवर सडक खण्डमै पर्ने महेन्द्रनगरको अमर चौकस्थित हिरा ईलेक्ट्रोनिक पसलमा आगलागी भएको हो ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएका छन् ।
उनले क्षीरेश्वरनाथ नगरपालिकाको गैरजिम्मेवारपनका कारण महेन्द्रनगरको वारुणयन्त्र नजिकै पसल जल्दा पनि काम नलागेको गुनासोसमेत गरे ।
महेन्द्रनगरमा व्यापारीको पसल जलिरहँदा नजिकै रहेको क्षीरेश्वरनाथ नगरपालिकाको वारुणयन्त्र पुग्न नसक्दा ढल्केवरबाट मगाउनु परेको उनले बताए ।
महेन्द्रनगरमा पटक पटक पसलहरुमा विद्युत सर्ट भएर आगो लाग्ने गरेको छ । यसप्रति व्यापारीहरुलाई सर्तक हुन अध्यक्ष यादवले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


