काठमाडौं, २१ मंसिर । हुम्लामा तारा एयरको विमानमा चिल ठोक्किएको छ ।

नेपालगन्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजमा चिल ठोक्किएको हो । हुम्लाको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बुधबार दिउँसो चिल ठोक्किएको जानकारी दिएका छन् ।

यो जहाज नेपालगन्जबाट १२ः४५ मा उडान भरेको थियो । कार्गो विमान अवतरण गर्नुभन्दा केही समयअघि चिल ठोक्किएको हो ।विमानको अगाडिको भागमा प्वाल परेको छ ।

जहाजमा दुई जना पाइलट र एक जना एयर होस्टेस रहेको र सबै सुरक्षित रहेको बताइएको छ ।