साढे चार महिनाको अवधिमा २२ करोडबढिको अवैध सामान बरामद

जनकपुरधाम, २१ मंसिर । मधेस प्रदेशको विभिन्न स्थानबाट सशस्त्र प्रहरीको टोलीले साढे चार महिनाको अवधिमा २२ करोडबढिको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरको निर्देशनमा आठवटै जिल्लाबाट प्रहरीको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर १८ गतेसम्म २२ करोड ६ लाख ८ हजार २४८ रुपैयाँ बराबरको भारतबाट अवैधरूपमा भित्र्याएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लास्थित भन्सार कार्यालयमा बुझाइएको डीआईजी मगरले जानकारी दिए ।
यस्तै, ५१ लख ८५ हजार ३०० स्रोत नखुलेको नेपाली रुपैयाँ, ६ हजार ९ सय थान हजारको रुपैयाँको कागज र ३ हजार नक्कली नेपाली हजारको रुपैयाँ बरामद भएको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशको विभिन्न जिल्लाबाट २० लाख ७२ हजार ७८८ रुपैयाँ बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, ८६ हजार १०० रुपैयाँ बराबरको नक्कली गहना, तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ३६९ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


