सर्लाहीको एक पोखरीमा एक बालिकाको शव फेला

सर्लाही, २१ मंसिर । सर्लाहीको एक पोखरीमा एकजना बालिकाको शव फेला परेको छ ।
मंगलबार बिहान घरबाट हराएकी सर्लाही गाउँपालिका–६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादव पोखरीमा मृत भेटिएकी हुन् ।
खोजतलास गर्ने क्रममा घरबाट करिब ४ सय मिटर पुर्वमा रहेको रत्नेश्वर रायको पोखरीमा मंगलबार साँझ साढे ५ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


