रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

रौतहट, २० मंसिर । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका–४ बस्ने २५ वर्षीय मेघनाथ चौधरी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ मोटरबाट खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि कनकपुर अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


