प्रदिप मण्डलको नेतृत्वमा राजदेवी युवा कमिटीको नयाँ कार्यसमिति गठन

जनकपुरधाम, १९ मंसिर । जनकपुरधामको देवीचोकस्थित श्री राजदेवी युवा कमिटीको अध्यक्षमा प्रदिप मण्डल चयन भएका छन् ।
सोमबार कमिटीका महासचिव महासचिव राकेश कुमार पाठक (सुभाष)को अध्यक्षता एवम् संस्थापक अध्यक्ष प्रदिप मण्डलको रोहबरमा बृहत बैठक बसी मण्डलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा दिपक यादव, महासचिवमा राकेश कुमार पाठक र कोषाध्यक्षमा विजय यादवलाई चयन गरिएको छ ।
त्यस्तै, कार्यकारिणी सदस्यहरुमा विनोद साह, अभिशेक मण्डल, श्याम नारायण भगत, हरेराम यादव र करण साहलाई सर्वसम्मत चयन गरिएको छ भने कमिटीको वरिष्ठ निर्देशकमा पूर्वअध्यक्ष तथा वर्तमान वरिष्ठ निर्देशक श्याम किशोर मण्डललाई पुनः दोर्होयाइएको छ ।
कमिटीको निर्देशकहरुमा दिनेश ठाकुर, अमर साह, संजिव साह, रञ्जित यादव र बैजु साहलाई राखिएको छ भने पूर्वअध्यक्ष संतोष झालाई वरिष्ठ सल्लाहकार बनाइएको छ । त्यस्तै, विनय कान्त ठाकुर, सियाराम कसेरा, राजकुमार ठाकुर, अभय कान्त ठाकुर, अवध मण्डल, शुसिल सिंह र नन्दु मण्डललाई सल्लाहकार चयन गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


