अध्यक्ष केसीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, १९ मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश सिंह राउतको इजलासले सो रिटमा अन्तरिम आदेश नदिई पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको हो ।
साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। बोर्डको अध्यक्ष हुनका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले रिट दायर गरेका थिए ।
दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
शाहले लगाएका आरोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग गर्दै जिल्ला अदालतमा मुद्दा दिएका थिए ।
शैक्षिक योग्यता साथै यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति विवादित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


