बारा, १९ मंसिर । बारामा सिँचाइ कार्यालयको परिसरमा रहेको ५ वटा गाडीका ७ वटा ब्याट्री चोरी भएको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका–५ मा स्थित सिँचाइ कार्यालय परिसरमा रहेको ग्रेडरको १५० एम्पियरका २ र ५ वटा ट्याक्टरका १०० एम्पियरका ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख बिनोद साहले जानकारी दिए ।

७ जना ट्राफिक प्रहरी र ४ जना कलैया उपमहानगरपालिकाका कर्मचारी बस्ने गरेको स्थानबाटै चोरी हुनु लज्जास्पद भएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए ।

साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले चोरी भएको विषयमा अनुसन्धान सुरु गरेको र यथाशीघ्र चोरलाई पक्राउ गर्ने बताए ।