शिक्षाको नाममा राजनीति नगर्न नवनिर्वाचित सांसद जुलीको आग्रह

जनकपुरधाम, १९ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले शिक्षाको नाममा राजनीति नगर्न आग्रह गरेकी छन् ।
सोमबार बिहान जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको निरिक्षण गर्न पुगेकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महतोले शिक्षामा राजनीति प्रवेश गर्न नहुने बताएकी हुन् ।
उनले राराब क्याम्पसको विकासका लागि आवश्यक योजना बनाएर ल्याउन क्याम्पस प्रशासनलाई आग्रहसमेत गरिन् । महतोले राराब क्याम्पस राष्ट्रको धरोहरको रुपमा रहेकाले यसको विकासका लागि आफू पछाडि नपर्ने बताइन् । जुलीले यस क्याम्पसको विकासका लागि चाहिने आवश्यक सम्पूर्ण पक्षको बारेमा सम्बन्धीत निकायसम्म कुरा नै नपुगेकोले पछाडि परेको जिकिरसमेत गरिन् ।
जुलीले यसअघि आफू समानुपातिक सांसद रहेको बेलामा पनि कसैले राराबका लागि कुनै योजना लिएर आफूसमक्ष नआएको गुनासो गरिन् ।

उनले यस क्याम्पसको जिम्मेवारी अब आफूमाथि पर्न गएकोले क्याम्पसको चौतर्फि विकासका लागि आवश्यक रहेको कुरालाई योजनाबद्ध रुपमा प्लानिङ्ग गरेर फाइल ल्याउन क्याम्पस प्रशासनसँग आग्रह गरेकी छन् ।
सात दशक पुरानो यो क्याम्पस विस्तारै विस्तारै धारासायी हुने अवस्थामा पुगेको छ । कुनै समयमा १० हजारभन्दा बढी विद्यार्थीले भरिभराउ रहने राराब क्याम्पस अब भने विद्यार्थी अभावमा सुनसान देखिन थालेको छ ।
कुनैसमयमा “क” वर्गमा रहेका यो क्याम्पस अहिले “ग” वर्गमा झरेको छ । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु देशको उच्च ओहोदासम्म पुगिसकेका छन । देशका चर्चित डाक्टर, इन्जिनियर, मन्त्री, सांसद सहितका राजनीतिज्ञ समेत यस क्याम्पसबाट उत्पादन भएका छन् । तर, सरकारी नितीका कारण आज यो क्याम्पस सबैका लागि बिरान बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


