काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

१ हजार ३८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । ४५४ नमूनाको पिसिआर र ९३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि मृत्यु भएको रिपोर्ट प्राप्त नभएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । यस अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा १०८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने निको हुने दर ९८.८ प्रतिशत रहेको छ ।