नगराईन नगरपालिकाका कर्मचारीहरू कामकाज ठप्प गरी आन्दोलित

जनकपुरधाम, १८ मंसिर । धनुषाको नगराईन नगरपालिकाका कर्मचारीहरूले आइतबारदेखि कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प गरेका छन् ।
कर्मचारीहरूले विगत लामो समयदेखि तलब भत्ता नपाएकोले बाध्य भएर नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएका हुन् ।
आफूहरूको बाँकी रहेको तलब यथाशिघ्र उपलब्ध गराउन माग गर्दै कर्मचारीहरू तालाबन्दी गरेर धर्नामा बसेका छन् । कर्मचारीहरूको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ ।
लोसपा नेता राजु चौधरीले भने, ‘जनताहरू पहिला देखि नै समस्यामा छन् । बृद्धभत्ता नपाएको थुप्रै महिना भयो, किसानहरूले मलखाद्य नपाएको पनि थुप्रै महिना बित्यो, कित्ताकाट रोक्का गरिएकोले धेरै जनाले समस्या भोगिरहेका छन् । सेवाग्राहीहरू सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रमहरू गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।’
उनले जनतालाई थप पीडा र समस्या नहोस् भन्ने कुरालाई पनि ख्याल राखिदिन आन्दोलनरत कर्मचारीसँग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


