यादव र राउतद्वारा मिडिया काउन्सिलका अध्यक्ष भट्टराईलाई अन्तिम श्रद्धाञ्जली

सप्तरी, १८ मंसिर । मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष स्वर्गीय शिवहरी भट्टराईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश नम्बर–१ का स्वास्थ्यमन्त्री जयराम यादव सहितका शीर्ष नेतृत्वले स्व. भट्टराईको गृहनगर राजविराज पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
अन्तिम श्रद्धाञ्जली दिन जसपा अध्यक्ष यादव आजै काठमाण्डौबाट र मुख्यमन्त्री राउत जनकपुरधामबाट राजविराज पुगेका थिए ।
पत्रकार महासंघ सर्लाहीको साधारण सभामा भाग लिन सर्लाही पुगेका भट्टराईको हृदयघातका कारण शनिबार सर्लाहीमै निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका साथै आइतबार विहानैदेखी निजी निवासमा राखिएको थियो । उनीप्रति अन्तिम श्रद्धाञ्जली दिन विहानैदेखी भीड लागेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


