शनिबार ३ नयाँ संक्रमित थपिए, २१ जना संक्रमणमुक्त

काठमाडौं, १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४३ जनाको नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर २१ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ७६३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


