पर्साका पत्रकार नरेश सर्राफको अल्पायुमै निधन

जनकपुरधाम, १५ मंसिर । पर्साका चर्चित युवा पत्रकार नरेश सर्राफको हृदयघातका कारण निधन भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य समेत रहेका ३८ वर्षीय सर्राफ बिहीबार बिहान आफ्नो घरमा व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर बेहोस भएका थिए । अचेत अवस्थामा सर्राफलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज रोशन दासका अनुसार अस्पताल ल्याउँदा बाटोमै उनको मृत्यु भइसकेको थियो ।अस्पतालको आपत्तकालिन वार्डमा सर्राफलाई मृत घोषणा गरिएको थियो ।
सगरमाथा टेलिभिजनका पर्सा संवाददाता, राष्ट्रसन्देश अनलाईनका अध्यक्षसमेत रहेका सर्राफ विगत करिव डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए ।
आम सञ्चार प्राधिकरण, नेपाल पत्रकार महासंघ प्रादेशिक कार्यसमिति र नेपाल पत्रकार महासंघ पर्सा शाखाले शोक सन्देश जारी गर्दै सर्राफको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


