वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल

काठमाडौं, १३ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताए ।
गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने भन्दै उनले गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा भने सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने बताए।
उनले राष्ट्रिय राजनीति दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


