जनकपुरधाम, ८ मंसिर । सिरहाको निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् ।

यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम नारायण चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् ।

जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४९ मत ल्याए ।