सर्लाही-३ (क) बाट स्वतन्त्र उम्मेदवार जवाहरलाल निर्वाचित

जनकपुरधाम, ८ मंसिर । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर-३ को (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा निर्वाचित भएका छन् ।
कुशवाहा १६ हजार ५९१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार गणेश प्रसाद प्रसाईले १५ हजार १६६ मत ल्याएका छन् ।
यसअघि २०७४ मा यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती भने ५ हजार ३७२ मतमै सीमित भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


