काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वी नवलपरासी–१ बाट लगातार चौथो पटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।

कोइरालाले २७ हजार १२७ र पौडेलले २३ हजार ३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार जित्दै आएका छन् ।