मधेस प्रदेशको ६४ मध्ये ३५ प्रदेशसभा क्षेत्रको परिणाम सार्वजनिक

जनकपुरधाम, ८ मंसिर । जनकपुरधाम, ८ मंसिर । मधेस प्रदेशको ६४ प्रदेशसभा क्षेत्रमध्ये ६० वटामा मतगणना जारी रहँदा अहिलेसम्म ३५ वटाको मत परिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ८ वटा प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ । यसले मधेस प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न लागेको संकेत गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेले ६, जनमत पार्टीले ५, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले ४÷४ प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ ।
नेपाली कांग्रेसले ४, नेकपा एमालेले ५, जनमत पार्टी १, जसपा ४ र लोसपाले ४ क्षेत्रमा अग्रता कायम गरेको छ भने अन्य पार्टीहरुले ७ क्षेत्रमा अग्रता बढाएका छन् ।
माओवादी केन्द्रले ३ प्रदेशसभा क्षेत्रमा जीत निकालेको छ भने दुई प्रदेशसभा क्षेत्रमा अग्रता कायम गरेको छ । नेकपा एकिकृत समाजवादीले दुईवटा प्रदेशसभा क्षेत्रमा जीत हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रता कायम गरेको छ ।
त्यस्तै दुई प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले जीत निकालेका छन् भने ४ वटा प्रदेशसभा क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


