रौतहट, ८ मंसिर । रौतहट–१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनी एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं–२ मा विजयी भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिएर रौतहट–१ मा विजयी भएका हुन् ।