चितवन–२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी भारी मतान्तरका साथ प्रतिनिभि सभा सदस्यमा विजयी भएका हुन् ।
८४ हजार ३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्रै ल्याए । त्यस्तै, तेस्रो भएका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याए ।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार १६२ मत बढी पाएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


