जनकपुरधाम, ७ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनको साथ पाएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी जसपा-एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्र कुमार यादवले १३ हजार ४५९ मत पाएका छन् ।

त्यस्तै जनमत पार्टीका उम्मेदवार डा. प्रसन्न कुमार झाले ७ हजार १८६ मत पाएका छन् ।