बारा–४ को (ख) बाट जितेन्द्र सोनल पुनः निर्वाचित

बारा, ७ मंसिर । बाराको निर्वाचन क्षेत्र नम्बर–४ (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनल दोस्रो पटक निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनको साथ पाएका सोनल १२ हजार १८१ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका आत्माराम साहले ७ हजार ६०९ मत पाए ।
त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश कुशवाहाले ६ हजार ४८० मत पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


