एमाले अध्यक्ष ओली भारी मतान्तरले विजयी

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका छन् । झापा क्षेत्र नम्बर–५ बाट अध्यक्ष ओली ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । ओली साढे २८ हजार मतान्तरले विजयी भएका हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए ।
ओली निर्वाचित भएसँगै अहिलेसम्म निर्वाचित भएका नेकपा एमालेका सासदको संख्या ६ पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


