कांग्रेस महामन्त्री विश्वप्रकाश अत्यधिक मतान्तरसहित निर्वाचित

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतान्तरसहित निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई हराएका हुन् ।
अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।
शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की शर्मालाई हराउँदै निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


