सर्लाही–४ मा अमरेश पछाडि

सर्लाही, ७ मंसिर । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह पछाडि परेका छन् ।
त्यहाँ पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका नागेन्द्र कुमार यादवले अमरेशलाई उछिनेका हुन् ।
अमरेशले ६ हजार ८२२ मत प्राप्त गर्दा नागेन्द्रले ७ हजार ९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले ५ हजार ५७७ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


