सप्तरी–३ को (ख)मा जनमतका शम्भुकुमार साह निर्वाचित

सप्तरी, ७ मंसिर । सप्तरी–३ को (ख) बाट प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार ८६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार बुधबार सम्पन्न मतपरिणाममा उनी ४८ मतान्तरले विजयी भएका हुन् ।
निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार ८१४ मत प्राप्त गरे । नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले ९ हजार २०१ मत ल्याए ।
यसअघि, सप्तरीको क्षेत्र नम्बर–२ को (क) र (ख) को प्रदेशसभा सदस्यमा जनमत पार्टीका सतिश सिंह र महेश यादव निर्वाचित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


