जालिम मियाँलाई हराउँदै रमेश रिजाल निर्वाचित

पर्सा, ७ मंसिर । पर्साको निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले त्यहाँ नेकपा एमालेका जालिम मियाँ अंसारीलाई पराजित गर्दै जित निकालेका हुन् ।
निर्वाचन आयोगले दिएको मतपरिणामअनुसार रिजालले ३१ हजार १४२ मत ल्याएर विजयी हुँदा जालिमले २५ हजार ६१२ मत ल्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


