रुपन्देही–५ (ख) मा जनमतका चन्द्रकेश गुप्ता निर्वाचित

रुपन्देही, ७ मंसिर । प्रदेशसभातर्फ रुपन्देही–५ (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् ।
निवर्तमान सांसदसमेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् ।
गुप्ताले १२ हजार ९४१ मत ल्याएका छन् भने खानले ११ हजार ६५१ मत ल्याएका छन् ।
त्यस्तै, ५ (क) मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन् । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


