योगेश भट्टराई ताप्लेजुङबाट लगातार दोस्रो पटक निर्वाचित

काठमाडौं, ७ मंसिर । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई निर्वाचित भएका छन् ।
बुधबार सकिएको मतगणनामा एमालेका सचिवसमेत रहेका भट्टराईले सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गरेका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी हुँदा बुढाक्षेत्री २१ हजार ७३५ मतमा रोकिएका हुन् ।
२०७४ मा पनि निर्वाचित भएका भट्टराई ताप्लेजुङबाट लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


