काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मत ल्याएका छन् ।