जनकपुरधाम, ६ मंसिर । मधेस प्रदेशको प्रदेशसभातर्फ नेपाली कांग्रेसले पहिलो जित निकालेको छ ।

पर्साको निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा नेपाली कांग्रेसका श्याम प्रसाद पटेल १३ हजार ७८४ मत ल्याएर निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका रामनरेश प्रसाद यादव १२ हजार १२७ मतसहित उनका निकटतम प्रतिद्वन्दी बनेका हुन् ।

यस अघि सप्तरीमा जनमत पार्टीले दुईवटा सिटमा जित निकालिसकेको छ ।