जनकपुरधाम, ७ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तर्फ जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले शुरूदेखि नै फराकिलो अग्रता जारी राखेका छन् ।

राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् । त्यहाँ उनको जित निकाल्ने सम्भावना बलियो बनेको छ ।

राउत ३४ हजार ३३७ मतसहित अग्रस्थानमा रहेका छन् भने जसपा अध्यक्ष यादवले १६ हजार ६१४ मत मात्र पाएका छन् ।

लोसपाका जयप्रकाश ठाकुर भने ६ हजार ९६९ मतसहित तेस्रो स्थानमा छन् ।

सप्तरी–२ मा ९५ हजार ३९४ मतदाता मध्ये ६४ हजार ५६० अर्थात ६७ दशमलव ९७ प्रतिशतले मत खसाएका छन् ।