जनकपुरधाम, ६ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ६ हजार ९६४ मत ल्याएकी छन् ।

यस्तै, पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ५ हजार ९६ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् ।

पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले २ हजार १२६ मत प्राप्त गरेका छन् ।