सप्तरी–२ को ‘ख’ मा जनमतका उम्मेदवार निर्वाचित, ‘क’ मा औपचारीकता बाँकी

जनकपुरधाम, ६ मंसिर । जनमत पार्टीले प्रदेशसभा तर्फ मधेस प्रदेशमा खाता खोलेको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार महेश प्रसाद यादव निर्वाचित भएका छन् । यस्तै, ‘क’ मा पनि जनमतकै सतिश कुमार सिंह निर्वाचित भएका छन् । उनलाई निर्वाचित भएको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको छ ।
महेश १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उमेश कुमार यादव ७ हजार २३ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।
यस्तै, सप्तरी–२ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए । हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन् । यहाँ जनमतका सतिशले १४ हजार ३२२ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साह ६ हजार ७४९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
अब गणना गर्न रहेको सबै मत साहलाई पडेपनि उनी पराजित हुनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


