रघुवीर र महेन्द्रका कारण मतगणना सुरु हुन नसकेको स्वतन्त्र उम्मेदवार कृष्णको आरोप

जनकपुरधाम, ५ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले अहिलेसम्म मतगणना सुरु हुन नसक्दा आक्रोश व्यक्त गरेका छन् ।
उनले मतगणना अझै सुरु हुन नसक्नुमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारद्वय रघुवीर महासेठ र महेन्द्र यादव मुख्य दोषी रहेको आरोप लगाएका छन् ।
उनले ति दुबै उम्मेदवारले मतदान सम्पन्न भएपछि हिजोदेखि नै ६०–७० जनालाई तटस्थ बनाएर राखेको र मतगणनास्थलमा आज बिहानैदेखि नराम्रो वातावरण सृजना गरेकोसमेत आरोप लगाएका छन् ।
उनले प्रश्न गर्नै भने, ‘यदि दुईजनाको बिचमा मात्र चुनाव र मतगणना हुनु र गर्नुछ भने हाम्रो उम्मेदवारीको के महत्त्व? दुईजनाको कारणले हिजोदेखी आजसम्म मतगणना हुन सकेको छैन् । कहिँ कत्तै मतगणना हुने सम्भावना देखिँदैन् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


