जनकपुरधाम, ५ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

दुईवटा वडाको मतगणना सम्पन्न हुँदासम्म नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले १ हजार ९३१ मत ल्याएकी छन् ।

यस्तै, पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले १ हजार ४१३ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् । उनी यसअघि तेस्रो स्थानमा थिए ।

पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले ६६१ मत प्राप्त गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– १५ र २० को मतगणना सम्पन्न भएको छ ।

वडा नम्बर–१५ मा १ हजार ३९९ र वडा नम्बर–२० मा ३ हजार २३६ मत खसेको थियो ।