लमजुङ, ५ मंसिर । लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ जनता समाजवादी पार्टीका उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

उनको उपचारको क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ घर भई हाल सदरमुकाम बेंसीसहर बस्दै आएका ६८ वर्षीय गुरुङको उपचारको क्रममा भरतपुरमा निधन भएको हो ।

गुरुङलाई उच्च रक्तचापको समस्या देखिएको थियो ।