सर्लाही–२ मा महिन्द्रको अग्रता, राजेन्द्र पछ्याउँदै

जनकपुरधाम, ५ मंसिर । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र रायले अग्रता कायम गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई महिन्द्रले झिनो मतान्तरले पछाडि पारेका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार महिन्द्रले ४२४ मत प्राप्त गरेका छन् भने राजेन्द्रले ४०५ मत पाएका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार राजनारायण साहले १०८ मत ल्याएका छन् ।
मतगणना जारी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


