झापा, ५ मंसिर । झापा–५ बाट उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको ६ हजार २१५ मतमध्ये ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेका छन् ।

अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।