प्रतिनिधिसभाको ६० निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा कांग्रेसको अग्रता २८ स्थानमा

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभाको ६० निर्वाचन क्षेत्रमा भएको मतगणना अनुसार २८ स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले ८, राप्रपाले ४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीले ३–३ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
इलाम–१ मा कांग्रेसका डम्बर खड्का उदयपुर–१ मा नारायण खड्का, मोरङ–६ मा शेखर कोइराला, पर्सा–२ मा अजयकुमार चौरसिया, रौटहट–४ मा देवप्रकाश तिमलसिना, सप्तरी–४ मा तेचुला चौधरीले सुरुवाती अग्रता लिएका छन् ।
यस्तै काठमाडौं–४ मा गगन थापा, काठमाडौं–५ मा प्रदीप पौडेल, काठमाडौं–१० मा राजन केसी, चितवन–१ मा विश्वनाथ पौडेल, नुवाकोट–१ म अर्जुननरसिंह केसी, भत्तपुर–२ मा दुलर्भ थापा र मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय अगाडि छन् ।
यता कास्की–१ मा किशोरदत्त बराल, तनुहँ–१ मा रामचन्द्र पौडेल, तनहुँ–२ मा शंकर भण्डारी, नवलपुर–१ मा विष्णुकुमार कार्की, कपिलवस्तु–२ मा सुरेन्द्र आचार्य, कपिलवस्तु–३ मा अभिषेकप्रताप साह, दाङ–३ मा दीपक गिरि, बर्दिया–१ मा सञ्जय गौतम, रुपन्देही–३ मा बालकृष्ण खाँण र रुपन्देही–५ मा भरत शाहले अग्रता लिएका छन् ।
सुर्खेत–२ मा हृदयराम थानी, कञ्चनपुर–३ मा रमेश लेखक, डडेल्धुरामा शेरबहादुर देउवा, कैलाली–४ मा वीरबहादुर बलायर र अछाम–२ मा पुष्पबहादुर शाहले अग्रता लिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


