संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना

काठमाडौं, ५ मंसिर । प्रतिनिधि तथा प्रदेशसभाको लागि आइतबार भएको मतदान पछि अहिले देशका विभिन्न ठाउँमा मतगणना जारी रहेको छ । केही ठाउँमा गणना सुरू गर्ने तयारी हुँदैछ ।
यसैबीच आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनाअनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले प्रवेश पाउने देखिएको हो ।
रवि लामिछाने नेतृत्वको पार्टीले ६ ठाउँमा अग्रता लिएको छ भने जनमतले सप्तरीको १ र २ मा अग्रता लिइरहेका छन् । यस्तै, रेशमलाल आबद्ध उन्मुक्ति पार्टीको उम्मेदवारले कैलाली १ मा र हाम्रो नेपाली पार्टी काठमाडौं ८ मा दोस्रो स्थानमा छ ।
मतगणना जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


