चितवन–२ मा रवि तेस्रो स्थानमा

चितवन, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा १ हजार १२६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थानमा रहेका छन् । उनले ८७ मत पाएका छन् ।
एमालेका कृष्णभक्त पोख्रेल ५५४ मतसहित पहिलो स्थानमा रहेका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत ल्याएर दोस्रो स्थानमा रहेका छन।
मतगणना जारी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


