रौतहटमा भीडलाई तितरवितर पार्न प्रहरीद्वारा हवाइ फायर

जनकपुरधाम, ४ मंसिर । प्रहरीले रौतहटस्थित एक मतदानस्थल बाहिर हो-हल्ला भएपछि भीडलाई तितरवितर पार्न हवाइ फायर गरेको छ ।
रौतहटको क्षेत्र नम्बर-३ स्थित गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड हवाइ फायर भएको हो । त्यस्तै, गरुडा नगरपालिकाको प्रावि भवनमा पनि हवाइ फायर भएको छ ।
यसअघि चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले चुनाव बिथोल्न खोजेपछि प्रहरीले हवाइफायर गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


